बर्दघाट सवस्टेशनबाट आजदेखि नियमित विद्युत् सुचारु हुने « Khabarhub

बर्दघाट सवस्टेशनबाट आजदेखि नियमित विद्युत् सुचारु हुने


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२?११ केभी सवस्टेशनबाट आजदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ ।

बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो ।

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरेको थियो ।

आगलागीबाट क्षतिग्रस्त भएका उपकरण काम नलाग्ने अवस्थामा रहेकाले नयाँ उपकरण मगाएर विद्युत् पुनः सञ्चालन गर्ने प्रयत्न भइरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले भने, “ग्राहकलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ, आगलागीबाट क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याइएको छ” ।

हिजो दिनभर नयाँ उपकरण जडान गरी परीक्षण गरिएको थियो ।

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिए । “रातिको समयमा आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुग्यो, आठ वटा ब्रेकर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, करोड बढीको क्षति पुगेको छ”, उनले भने अनुसार नियन्त्रण कक्षमा पस्ने दुईवटा र त्यहाँबाट बाहिर निस्कने फिडरमा आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ४६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन