बुटवल सडकको बीचमा फूलखेती– सहरी सुन्दरतासहित मनग्य आम्दानी | Khabarhub Khabarhub

बुटवल सडकको बीचमा फूलखेती– सहरी सुन्दरतासहित मनग्य आम्दानी


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वरीपरी ढकमक्क फुलेका सयपत्री फूल । बीचमा कालोपत्रे गरिएको सडक । यात्रा गर्नेहरुको समेत मन नै आनन्दित बनाउने । दृश्य हो प्रदेश नम्बर ५ स्थित बुटवल सडकको ।

जहाँ तिहारको माहोलले छपक्कै छोपेको छ । सडक होस् या वस्ती प्रदेश ५ का धेरै भूभाग पुष्प व्यवसायले ढाकिसकेका छन् ।

गत भदौ महिनामा प्रदेश नम्बर ५ का स्थानीयले पहिलोपटक सडकका दायाँबाया सयपत्रीका विरुवा रापेका थिए । तिहारका समयमा अत्याधिक मात्रामा खपत हुने सयपत्री फूलमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सुरु गरेको पुष्प खेतीमा २ हजारभन्दा बढिको सहभागिता जनाएका थिए ।

विशेषगरी बुटवल, गुल्मी, पाल्पा, अर्घाखाची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र नेपालगञ्ज लगायतका १२ जिल्लामा सडकमै गरिएको पुष्प खेती सफल भएको छ ।

यससँगै यतिबेला प्रदेश पाँचका स्थानीय हर्षित भएका छन् । व्यवसायिक रुपमा पनि पुष्प क्षेत्रमा यो प्रदेश निकै अगाडी रहेको छ ।
‘गर्नसकेमा सडकमै पनि फूल फुलाउन सकिने रहेछ नि’ पुष्प व्यवसायी संघका प्रदेश संयोजक रमेश पाण्डेले खबरहबसँग भने ‘कुरा मात्र होइन काम गरेरै देखाइयो, सडकमा फूल फुलिरहेका छन्’ ।

कसरी भयो सम्भव ?

सडकको सौन्दर्यकीरणका लागि रोपिएका फुलहरु ढकमक्क फुलिसकेका छन् । यसका लागि उपमहानगरले पानीको व्यवस्था गरेको थियो । त्यस्तै नगरपालिकाले छाडा चौपायालाई रोक्न जाली, गेट राख्नका लागि ३० लाख खर्च गरेको थियो ।

‘गोडमेलका लागि उपभोक्ता समितिले गरेको थियो’ बुटवल नगरपालिकाकास्थित वडा नम्बर १० का वडा अध्यक्ष पदम थापो भने ‘असारमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आएको थियो त्यो बेला युवाहरुलाई सडक पुष्पखेतीमा परिचालन गर्यो’ ।

यसअघि सडकमा स्वामी, धूपि, बाह्रमासे फूलहरु थिए भने यसपालीबाट सयपत्री र मखमली फूल लगाएका हौं ।

पहिलो पटक सडकमा फूल

लुम्विनी नर्सरीका सञ्चालक समेत रहेका पाण्डेले सडकमा फूल फुलाउने उद्धेश्यले गत वर्ष केही विरुवाहरु रोपेका थिए । परिक्षण स्वरुप । ती विरुवा राम्रैसँग फूलेपछि यो वर्ष बुटवलको २ किलोमिटर सडकमा करिब २५ हजार विरुवा रोपेको उनले बताए ।

विउ कसरी उमार्ने ? फूल खेती कसरी गर्ने ? कसरी मलजल हाल्ने ? गोडेमेल गर्ने लगायतका कुराहरुमा सडकमै ५ सयजना भन्दा बढिलाई तालिम दिएको पाण्डेको भनाइ छ ।

‘बुटवलदेखि लुम्विनीसम्मको सडकलाई फूलैफूलको सडक बनाउनका लागि शुरुवात गरेका हौं’ उनले भने ‘सफल भइयो’ ।

फूलमय बन्यो : प्रदेश पाँच

कृषि मन्त्रालयकै सहयोगमा प्रदेश ५ का विभिन्न स्थानमा पुष्प व्यवसायको तालिम सञ्चालन गरेको र सो तालिम सञ्चालन पछि यस प्रदेशमा उलेख्य मात्रामा पुष्प व्यवसायी बढेको उनले बताए ।

रुपन्देही नगरपालिका वडा नम्बर ४ स्थित ९ जना महिलाले क्षितिज नमुना कृषक समूहगठन गरी यस वर्षदेखि व्यसायिक रुपमा पुष्पखेती शुरु गरेका छन् ।

रमेशकाअनुसार प्रदेश नम्बर पाँचले यो वर्षभरि पुष्पखेती अभियान सञ्चालन गरेको थियो । जसअनुरुप २ लाख भन्दा बढि सयपत्रीका विरुवाहरु रमेशले व्यवसाय सुरु गर्नेहरुलाई सहयोग समेत गरेको सुनाए ।

पर्यटन वर्षलाई लक्षित

अन्य प्रदेशको तुलनामा ५ नम्बर प्रदेबलाई पर्यटकीय क्षेत्रमा धनी प्रदेशका रुपमा लिइन्छ । यस प्रदेशमा पर्ने लुम्विनी, तिलौराकोट, जितगढी किल्ला, पाल्पा दरवार, रानी महल, रेसुङ्गा डाँडा, सुपा देउराली, स्वर्गद्वारी त्रिवेणी लगायतका दर्जनौं पर्यटकीय स्थल यस प्रदेशभित्र पर्दछन् ।
पर्यटन वर्ष आउनै लाग्दा सडकका फूलले आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ११ : १० बजे

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप