सामाजिक सञ्जालमा भाइरल बन्दै छ मोटरबाइक चलाउने यो कुकुर « Khabarhub

सामाजिक सञ्जालमा भाइरल बन्दै छ मोटरबाइक चलाउने यो कुकुर


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा अहिले तिहार चलिरहेको छ । तिहार जीवजन्तुको पूजा गरिने पर्वका रुपमा पनि चिनिन्छ । तिहारमा कागसहित घरपालुवा जनावर कुकुर, गाई र गोरुको पूजा हुन्छ ।

आइतबार मात्रै हिन्दू धर्मावलम्बीहरुले कुकुरको पूजा गरेका छन् । मानवीय जीवनको अभिन्न मित्रका रुपमा चिनिने कुकर पछिल्लो समय भने मानिसले गर्नेजस्तै गतिविधिमा पनि सरिक हुन थालेको देखिन्छ ।

केही समय अगाडि एउटा कुकुर मोटरसाइकको पछाडि हेल्मेट लगाएर बसेको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘कुकुरले पनि ट्राफिक नियम पालना गरेको’ भनेर प्रसंसा गर्दै तस्वीर शेयर गरिरहेका थिए ।

कुकुर र मोटरबाइकसँग जोडिएको अर्को एउटा विषय पनि अहिले आएर सामाजिक सञ्जालमा फेरि भाइरल भइरहेको छ । यसपटक भने एउटा कुकुरले मज्जाले बाइक चलाइरहेको देखिन्छ ।

क्लारा स्जेबर्ग नामको ट्वीटर ह्याण्डलबाट शेयर भएको एउटा भिडियो अहिले भाइरल भइरहेको हो ।

उक्त भिडियोमा एउटा कुकुरले मोटरबाइक चलाइरहेको देखिन्छ । मोटरबाइकको पछाडि २ जना व्यक्ति हेल्मेट लगाएर बसिरहेका छन् । तर, कुकुर भने बिना हेल्मेट अगाडि बसेर बाइक चलाइरहेको छ ।

यस्तो दृश्य जो कसैका लागि अनौठो लाग्ने नै भयो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले अनौठो लाग्ने उक्त दृश्य शेयर गर्दै उक्त भिडियो देखेर आश्चर्यमा परेको बताइरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ३ : ५५ बजे

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००