दीपावली गर्दाको असावधानीले १३ ठाउँमा आगलागी– १ जनाको मृत्यु, करोडौंको धनमाल नष्ट | Khabarhub Khabarhub

दीपावली गर्दाको असावधानीले १३ ठाउँमा आगलागी– १ जनाको मृत्यु, करोडौंको धनमाल नष्ट


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी पूजा गर्न तथा दीपावली मनाउन बालिएको दीयो तथा बत्तीबाट आगो सल्किएर आगलागी हुँदा देशका विभिन्न ठाउँमा गरी १ जनाको मृत्युसहित करोडौं मूल्यको धनमालको क्षति भएको छ ।

आगलागीमा परेर मोरङमा १ जनाको मृत्यु भएको छ भने पर्सामा चौपाया मरेका छन् ।

यस्तै, काठमाडौं, पाल्पा, संखुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारी बस्ने युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेको उनकै ४ वर्षीय छोरा युसन गिरीको उक्त आगलागीमा जलेर घटनास्थलमै मृत्यु भएको छ ।

उक्त आगलागीबाट घर पूर्णरुपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङकै केराबारी गाउँपालिका–८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा घरभित्र रहेको नगद, सुनका गरगहना, अन्नपात, लत्ताकपचा, भाँडाबर्तन लगायतका सामान जलेर करिब २१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौमा स्थानीय राजेश साह तुरहारको घरमा आगलागी हुँदा ५ वटा चौपायाको जले मृत्यु भएको छ ।

लक्ष्मी पूजाको दिन गोठामा बालिएको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । तुरहारले पालेको १ भैंसी, १ पाडो, १ बाख्रा र २ खसीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुरहारको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित स्याङजा घर भएकी बसुन्धरा पौडेलको तियार्नासा म्यानपावरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा विभिन्न फर्निचर तथा कागजपत्र लगायतका सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाल्पा, माथागढी गाउँपालिका–६ सातपोखरी बस्ने ६४ वर्षीय मन बहादुर शारुको घरमा आइतबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

संखुवासभा, मकालु गाउँपालिका–५ नुम बजार बस्ने रण बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बझाङ, जयपृथ्वी नगरपालिका–१० स्थित छविसपाथिभेरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय शमुद्र दमाईको सिलाई कटाई पसलमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राम प्रसाद यादवको कपास गोदाममा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, गुजरा नगरपालिका–९ भंगाह टोल बस्ने छट्टु ठाकुर लोहारको घरमा आइतबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका–२ कुमाल गाउँ बस्ने रुपा नेवारको घरमा आइतबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१४ नयाँ बस्ति बस्ने सारदा मिश्रको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका–११ बिपि चोकस्थित नारायण पाण्डेको कपडा पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङ, श्रीजंगा गाउँपालिका–२ खम्दिम्बे बस्ने २८ वर्षीय रमेश भट्टराईको पसलमा आइतबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, धनौजी गाउँपालिका–३ कटैया बस्ने झगरु यादवको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा सबै स्थानका आगलागी प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार धेरै ठाउँमा दीपावली मनाउन बालिएको बत्ती तथा दियोगबाट आगो सल्किएर आगलागी भएको छ । केही ठाउँमा दीपावलीमा प्रयोग हुने झिलिमिली बत्ती जोड्दा विद्युत सर्ट भएर आगलागी भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ५ : ४५ बजे

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

सर्लाही – गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल