साग पुरुष भलिबल–आज नेपाल भारतसँग खेल्दै | Khabarhub Khabarhub

साग पुरुष भलिबल–आज नेपाल भारतसँग खेल्दै


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ ।

खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने भारतले बंगलादेशमाथि सोझो सेटमा जीत हात पारेको थियो ।

बुधबार बेलुका भएका भएको नेपाल र बंगलादेशबीचको खेल रोमाञ्चक भएपनि घरेलु टोली पराजित भएको थियो ।

बंगलादेशमाथि ३–० को जित हात पारेको भारत उच्च मनोबलका साथ मैदान उत्रिनेछ भने नेपाल भारतसँग सजगताका साथ मैदान उत्रिने लक्ष्यमा छ ।

भारतसँगको खेलका बारेमा नेपालका कप्तान इम बहादुर रानाले आफुहरु जित्नका लागि नखेले पनि भारतसँग राम्रो खेल्ने योजनामा रहेको बताएका छन् ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने न्युनछ । बंगलादेशसँग पराजय भोगेको नेपालले भारतलाई पराजित गर्न सके सेमिफाइनल पुग्नेछ ।

यस्तै, शुक्रबार पुरुष तर्फ दोस्रो खेल सात बजे श्रीलंका र माल्दिभ्ससँग खेल्नेछ । महिला तर्फ शुक्रबार पहिलो खेल दिउँसो १ बजे भारत र बंगलादेशबीचको हुनेछ भने दोस्रो ३ बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : १० बजे

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर