प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने « Khabarhub

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार(आज) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्ण रूपमा स्वास्थ्य भने नभएको बताइन् ।

‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’

प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् ।

मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने डाक्टर शाहले बताइन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् ।

यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०८ बजे

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा