प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने/नगर्ने निर्णय लिन अझै बाँकी – डाक्टर शाह « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने/नगर्ने निर्णय लिन अझै बाँकी – डाक्टर शाह


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्था सुधारउन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

शुक्रवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थमा अपेक्षकृत सुधार देखिएको जानकारी दिएकी हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेशन गभएको आज तेस्रो दिन पुरा भएको छ,’ शाहले भनिन्,‘उहाँको स्वास्थ अवस्था सुधारोन्मुख रहनुका साथै उहाँको फिजिकल र वायोकेमिकल मापदण्डहरुमा अपेक्षकृत सुधार देखिएको छ ।’

प्रधानमन्त्री ओलीलाई खानेकुरा मुखबाट दिन थालिएको डा शाहले बताइन् ।

‘उहाँलाई ठोस आहारहरु मुखबाट दिन थालिएको छ र उहाँले दिसा पनि गर्नुभएको छ’ शाहले भनिन्,‘ उहाँ हिँड्न पनि थाल्नु भएको छ ।’
‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’

प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् ।

प्रधानमन्त्रीलाई अहिले एपेन्डिसाइटिसको अपरेसन र मिर्गौलाबाहेक अरू समस्या नभएको उनले बताइन् ।

‘मिर्गौला प्रत्यारोपण गर्न यसले केही असर गर्दैन । तर हामीले अहिले नै मिर्गौला प्रत्यारोपण गर्नेरनगर्ने, कहाँ गर्ने, कहिले गर्ने निर्णय गरिसकेका छैनौं,’ डाक्टर शाहले भनिन् ।

प्रधानमन्त्री ओली पेट दुखेपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि शल्लेक्रिया गरिएको थियो । यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ४० बजे

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा