एक लाखको पत्थर देखाई करोडौको कारोवार गर्न खोज्ने समूह पक्राउ « Khabarhub

एक लाखको पत्थर देखाई करोडौको कारोवार गर्न खोज्ने समूह पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मूल्यमा बेच्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।

मंसिर १२ गते काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मुल्य पर्ने भनि झूक्याई कारोवार गर्न लागेको भन्ने बिशेष सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेपलान्चोक बेथानचोक गा.पा. वडा नं. ४ घर भई पनौती न.पा. वडा नं. ४ बासडोल बस्ने नबराज खड्का सहित पाँच जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा झापा गौरादह न.पा. वडा नं. १का हरि खापुङ, झापा शिबसताक्षीधाम न.पा. वडा नं. ४ का यम कुमार गिरी, मोरङ बुढिगंगा गा.पा. वडा नं. ५ का लोक बहादुर सार्की , रौतहट चन्द्रपुर न.पा. वडा नं. १ का भीम बहादुर लामा रहेका छन् ।

उनीहरुको कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम फेला पारी बरामद गरी निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : ४८ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको