प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ « Khabarhub

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६ः४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए । चिकित्सकहरुले पनि ओलीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका थिए ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए ।

परीक्षणका क्रममा अपेन्डिसाइटिस भएको देखिएपछि चिकित्सकहरुले ओलीको शल्यक्रिया गरेका थिए ।

प्रधानमन्त्री ओली अहिले अस्पतालममै उपचाररत छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : ०८ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना