सागका लागि तयार हुँदै पोखरा रंगशाला– प्याराफिटमा १० हजार कुर्सी जडान « Khabarhub

सागका लागि तयार हुँदै पोखरा रंगशाला– प्याराफिटमा १० हजार कुर्सी जडान


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरामा निर्माणाधीन फुटबल रङ्गशालाको प्याराफिटमा १० हजार सिट जडान गरिएको छ । सागअन्तर्गत महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि मैदानको पूर्व र पश्चिमतर्फ प्याराफिटसहित सो सङ्ख्यामा सिट जडान गरिएको हो ।

गत वर्षको असार मसान्तभित्रमा रङ्गशाला तयार गर्ने गरी सोही वर्षको पुसमा ठेक्का सम्झौता भए पनि रङ्शालाको आधा काम सम्पन्न हुन अझै बाँकी छ । पछिल्लो समय साग नजिकिएसँगै हतार हतारमा काम गरेर भए पनि खेल सञ्चालन गर्न लागिएको छ । साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १८ हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माण गर्ने सम्झौतामा उल्लेख भए पनि अतिविशिष्ट प्याराफिट निर्माण गर्न बाँकी छ ।

खेलाडीले कपडा फेर्ने कोठा (चेन्जिङ रुम), खेलाडी कक्ष, मिडिया सेन्टर, प्रवेशद्धारसहित अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको रङ्गशाला तयार गर्न अझै चार महिना समय लाग्ने निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले बताए ।

सागअगाडि १० हजार दर्शक क्षमताको प्याराफिटसहित मैदान तयार गर्ने प्रतिबद्धताअनुसार काम सम्पन्न भएको उनको भनाइ छ । मैदानमा रोपिएको दुबो मरेपछि त्यसलाई विस्थापित गरेर नयाँ दुबो रोपेर मैदान खेल्न योग्य बनाइएको कम्पनीको भनाइ छ ।

१ अर्ब २८ करोड २२ लाख १८ हजार १७४ रुपैयाँको लागतमा १६ हजार ५०० दर्शक क्षमताको रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकूद परिषद् र एम.ए.कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स ईन्फ्रा(जेभी)बीच सम्झौता भएको थियो । पछि २ हजार सिट क्षमता बढाउने सम्झौतासँगै लागत १ अर्ब ३० करोडसम्म पुग्ने अनुमान गरिएको छ ।

यही मंसिर १७ देखि २३ गतेसम्म हुने महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स सहभागी छन् । पहिलो दिनको खेलमा नेपाल र श्रीलङ्का तथा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी १९ गते भारत र श्रीलङ्का तथा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । मंसिर २१ गते श्रीलङ्का र माल्दिभ्स तथा नेपाल र भारतबीच खेल हुनेछ । समूहको पहिलो र दोस्रोका बीच २३ गते स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलतालिका रहेको छ ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तोम्बाफो सुब्बा, एन्जिला राना मगर र उषा नाथ छन् । त्यसैगरी डिफेन्डरमा गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू र पूजा राना तथा मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, बिमल चौधरी छन् । फरवार्डमा सावित्री भण्डारी, निरु थापा र अनिता केसी छन् ।

प्रतियोगिताका लागि नेपाली टोलीले गत कात्तिक देखिनै यहाँका विभिन्न मैदानहरुमा अभ्यास गरिरहेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास रहेका छन् । सागअन्तर्गत पोखरामा महिला फुटबलसहित महिला क्रिकेट, बिच भलिबल, ट्रायथोलन, भारत्तोलन, धनुकाँण (आर्चरी), ह्यान्डबल र ब्याटमिन्टन गरी ८ खेल हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : १९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने