रक्षामन्त्री पोखरेलद्वारा फास्ट ट्र्याकको स्थलगत निरीक्षण « Khabarhub

रक्षामन्त्री पोखरेलद्वारा फास्ट ट्र्याकको स्थलगत निरीक्षण


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतको टोलीले काठमाडौं–तराईं/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकन निरीक्षण गरेका छन् ।

रक्षामन्त्री सहितको टोलीले फास्ट ट्र्याकको मख्खुवेसी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित ‘जीरो प्वाइन्ट’को स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले द्रुतमार्ग निर्माणका सन्दर्भमा भइरहेको प्रगतिबारे जानकारी लिए ।

रक्षामन्त्री पोखरेलले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको द्रुतमार्ग समयमै सम्पन्न गर्न आइपर्ने सम्भावित चुनौतीको बारेमा समेत जानकारी लिएका नेपाली सेनाको जनसम्र्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन