कालापानी प्रकरणमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप « Khabarhub

कालापानी प्रकरणमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी प्रकरणमा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको नदेखिएको कांग्रेसको भनाइ छ ।

शुक्रबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको उल्लेख गरे ।

उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानसमेत गरे ।

‘पछिल्लो समय त्यस्तै घटना दोहोरीएको छ, वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नुभएको बनेपा–वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो,’ उनले भने, ‘त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीने संकेत देखिनु दुःखद छ ।’

रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढङ्गले मुलुकको रु चार अर्ब स्वाहा बनाएको आरोप लगाउँदै प्रवक्ता शर्माले त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग रु १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लागेको धारणा व्यक्त गरे ।

कांग्रेसले स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारसँग अपिल गर्दै यसरी अनुत्पादक ढङ्गले अघि बढ्ने कर्मप्रति सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३० बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने