अवैधानिक रुपमा मेलेसिया बसिरहेका नेपालीलाई नाम दर्ता गर्न दूतावासको अनुरोध | Khabarhub Khabarhub

अवैधानिक रुपमा मेलेसिया बसिरहेका नेपालीलाई नाम दर्ता गर्न दूतावासको अनुरोध


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि शुरु गरेको अवैधानिक आप्रवासीलाई घर फर्काउन ‘व्याक फर गुड’ कार्यक्रम तीन दिन पछि डिसेम्बर ३१ तरिखमा सकिँदैछ ।

मलेसियामा करिब ११ हजार नेपाली कामदार अवैध रुपमा बसेको अनुमान गरेको नेपाली दुतावासले हालसम्म ७ हजारको संख्यामा नेपालीहरु ‘व्याक फर गुड’ कार्यक्रममा सहभागी भई घर फर्काइसकेको बताइएको छ ।

यसैबीच मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल फिर्ता हुन इच्छुक कागजातविहीन भई मलेसियामा बसेका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता हुने हवाई टिकट बुझाई आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै दूतावासले डिसेम्बर २९ अर्थात पुस १३ गते (आज)सम्म हवाई टिकट बुझाएर नाम दर्ता गराउन अनुरोध गरेको हो । मलेसियामा काम गरिरहेको कम्पनीबाट राम्रो तलव सुविधा पाइने भन्दै भड्काइएका, कतिपय कम्पनीमा खान, बस्न तथा होस्टलको राम्रो सुविधा नभएको कारण कम्पनी छोडेका र कम्पनीले करार अनुसार तलव नदिएका कारण भागेका नेपालीहरु अवैध बनेर बसी रहेको अनुमान छ ।

‘व्याक फर गुड’ कार्यक्रम अन्तरगत सात सय रिंगिट करिब २० हजार रुपैयाँ जरिवाना र करिब पाँच हजार शुल्क तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने व्यवस्था गरिएको छ ।

दूतावासले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर स्थानीय समय अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नियमित रुपमा खुला रहने कार्यालयलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला राखेर सञ्चालन गरिरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ५७ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ