प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय « Khabarhub

प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने निर्ण गरेको छ ।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।

बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

‘प्रदेन नम्बर तीनको नाम बाग्मती राख्ने बारेमा सहमति भएको छ’ नेकपाका एक सचिवालय सदस्यले भने,‘राजधानी अहिले हटौंडामा छ त्यसलाई नचलाउने कुरा भएको छ ।’

राजधानीको वियषयमा विवाद देखिएपछि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

प्रदेश ३ मा नेकपाको बहुमत भएपनि दुई वर्षदेखि नाम र प्रदेश राजधानीको बारेमा सहमति जुट्न सकिरहेको थिएन ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको