फ्यानको माया देखेर भावुक बने सलमान खान,‌ आँखामा देखियो आँसु « Khabarhub

फ्यानको माया देखेर भावुक बने सलमान खान,‌ आँखामा देखियो आँसु


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका सुपरस्टार समान खानले शुक्रवार आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । २७ डिसेम्बरमा परेको जन्मदनिमा उनले आफ्नो परिवारका साथ जन्मदिन मनाएका थिए ।

शुक्रवार सलमानको जन्मदिन पारेर मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा उनका फ्यान जम्मा भएका थिए । हरेक वर्षझैँ यस पनि सलमान खान आफ्ना फ्यानका सामुन्ने देखिन बाल्कोनीमा आए र हात हल्लाए ।

हजारौँको सङ्ख्यामा उपस्थित फ्यान देखेर सलमान खान निकै भावुक भएका थिए । उनका आँखामा खुशीका आँसु आएका थिए ।

हालै सलमानले एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा सलमानले फ्यानलाई अभिवादन गरिरहेका छन् । भिडियोमा सलमान खान इमोसनल भएको देख्न सकिन्छ ।

सलमानको ५४ औँ जन्मदिन विशेष रह्यो । उनले जन्मदिनको शुभकामना दिने सबै प्रशंसकलाई धन्यवाद दिएका छन् । सलमानको जन्मदिनमा कैयन् बलिउड हस्ती पनि उपस्थित थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : १८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट