दोस्रो दिन कति कमायो अक्षयको ‘गुड न्यूज’ ले? « Khabarhub

दोस्रो दिन कति कमायो अक्षयको ‘गुड न्यूज’ ले?


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार, करीना कपूर, कियारा आडवाणी र दिलजीत दोसाँझको शीर्ष भूमिका रहेको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिनमा राम्रो व्यापार गरेको छ ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख भारुको कलेक्सन गरेको थियो भने दोस्रो दिन २५ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ ।

फिल्मले २ दिनमै ४० करोड भारु कमाएको भारतीय मिडियाले जनाएका छन् । फिल्मको आइतवार व्यापार थप बढ्ने अनुमान गरिएको छ ।

फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्म अक्षय कुमारको फिल्ममध्ये सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्ने धेरैले अनुमान गरेका छन् ।

फिल्मको कन्सेप्टलाई धेरैले मन पराएका छन् । यस वर्ष अक्षय कुमारका ४ फिल्म रिलिज भए । ती चारै फिल्मले बक्स अफिसमा सफल भएका छन् । यद्यपि ‘गुड न्यूज’ अहिले रिलिजका क्रममा छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : १० बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप