ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने « Khabarhub

ए डिभिजन लिग: चौथो चरणका खेल सोमबारदेखि एन्फामा हुने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा भोलि (सोमबार) देखि चौथो चरणका खेल सुरु हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चौथो संस्करणका खेल सातदोबाटोस्थित एन्फा मैदानमा गर्ने जानकारी दिएको छ ।

तीन चरणसम्मका खेल केही दशरथ रंगशालामा र केही एन्फा मैदानमा भएका थिए । तर, चौथो संस्करणका सबै खेल एन्फा मैदानमा हुनेछन् ।
एन्फाले कारण नखुलाएपनि नेपाल सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन त्रिपरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागेका कारण चौथो चरणका खेल सातदोबाटोमै गर्न लागिएको हो ।

चौथो चरणको पहिलो खेलमा न्यु रोड टिम एनआरटी र मछिन्द्र क्लबबीचको प्रतिस्पर्ध हुनेछ । खेल बिहान ११ बजेर ३० मा सुरु हुने तालिका रहेको छ ।

६ अंकसहित मन्द्रि क्लब लिगको तेस्रो स्थानमा रहेको छ भने एनआरटी ४ अंकसहित छैठौं स्थानमा छ ।

सोमबार दोस्रो खेलमा फ्रेन्डस क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्र्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ भने फ्रन््स क्बलले लिगको अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ४० बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना