आगामी चुनावमा नेकपा एक्लैको दुई तिहाइ: प्रचण्ड « Khabarhub

आगामी चुनावमा नेकपा एक्लैको दुई तिहाइ: प्रचण्ड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार(आज) नेकपाले गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई सिट ल्याउने बताएका हुन् ।

निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सीट ल्याउन सकिने बताएका हुन् । प्रचण्डले भने,‘ अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’

पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उनको भनाइ थियो । पार्टी एकताको काम सकिएको भन्दै प्रचण्डले अब केन्द्रीय कमिटीको बैठकपछि कार्यकतासँग पुग्ने बताए ।

पार्टी एकतामा भएको ढिलाई र समन्वयको कमीले गर्दा स्थानीय तहको चुनावमा केही स्थानमा हार खाएको स्वीकार गर्दै प्रचण्डले समग्र परिणामले उत्साही बनाएको र केही स्थानको नतिजाले शिक्षा दिएको समेत बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ३ : ५५ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको