आगामी चुनावमा नेकपा एक्लैको दुई तिहाइ: प्रचण्ड « Khabarhub

आगामी चुनावमा नेकपा एक्लैको दुई तिहाइ: प्रचण्ड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार(आज) नेकपाले गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई सिट ल्याउने बताएका हुन् ।

निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सीट ल्याउन सकिने बताएका हुन् । प्रचण्डले भने,‘ अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’

पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उनको भनाइ थियो । पार्टी एकताको काम सकिएको भन्दै प्रचण्डले अब केन्द्रीय कमिटीको बैठकपछि कार्यकतासँग पुग्ने बताए ।

पार्टी एकतामा भएको ढिलाई र समन्वयको कमीले गर्दा स्थानीय तहको चुनावमा केही स्थानमा हार खाएको स्वीकार गर्दै प्रचण्डले समग्र परिणामले उत्साही बनाएको र केही स्थानको नतिजाले शिक्षा दिएको समेत बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ३ : ५५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा