किन चलिरहेका छैनन् आर्यनले आशा गरेका फिल्म? « Khabarhub

किन चलिरहेका छैनन् आर्यनले आशा गरेका फिल्म?


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देल लामो समय यो क्षेत्रबाट हराए । आफ्ना समकक्षी साथीहरु विदेश पलायन भइसके पनि आर्यनलाई भने अहिलेसम्म नेपाल नै प्यारो लागेको छ ।

एक समय फिल्म क्षेत्रमा राज गरेका आर्यन पछिल्लो समय भने खासै जम्न सकेका छैनन् । यस वर्ष प्रदर्शनमा आएका उनका दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चच हुई’ दुवैले दर्शकको साथ पाउन सकेनन् ।

भलै दुवै फिल्म आर्यनकै कारण चर्चामा रहे ।

‘हजार जुनीसम्म’ का बेला आर्यनले भनेका थिए – दर्शकले मलाई लभस्टोरी फिल्ममा नै देख्न चाहनुहुन्छ, त्यसैले यो फिल्ममा अभिनय गरेको हुँ । दर्शकले मन पराउनेमा म ढुक्क छु ।

आर्यन ढुक्क भए पनि फिल्म चलेन । फिल्मले दर्शकलाई हलसम्म तान्न नसके पनि छोटो समयमा नै आर्यनको अर्को फिल्म रिलिज हुने भयो ।

‘चच हुई’ रिलिजअघि आर्यनले ‘हजार जुनीसम्म’ फिल्म हेरेका दर्शकले मन परेको प्रतिक्रिया दिँदै ठूलो मासले फिल्म नहेरेको स्वीकारे ।

तर, वास्तविकता के थियो भने यो फिल्म हेरेका दर्शकले पनि फिल्म मन पराएका थिएनन् । फिल्मको कथामै निर्माण टिम चुकेको आरोप दर्शकले लगाए ।

‘हजार जुनीसम्म’ नचले पनि आर्यनलाई ‘चच हुई’ चल्छ भन्नेमा विश्वास थियो । त्यसमाथि झन् साम्तेन भुटिया सम्भावना बोकेका निर्देशक भनिएको थियो । तर, यो फिल्मले पनि आर्यनलाई सफलताको स्वाद चखाउन सकेन ।

तस्वीर – आर्यन बिमली

आर्यन भने दुवै फिल्म दर्शकले मन पराएको दाबी गर्दै आएका छन् । त्यसो त आर्यनको कमब्याक भनिएको फिल्म ‘कायरा’ पनि फ्लप भएको थियो । आर्यनले भने आफूले फिल्मबाट राम्रो प्रतिक्रिया पाएको प्रतिक्रिया दिन भ्याएका थिए ।

कुनै बेला हिट फिल्म दिएका आर्यन यस वर्ष असफल बनेका छन् । यद्यपि केही फिल्म फ्लप हुँदैमा करिअर नै सकियो भन्न नमिल्ला तर आर्यनलाई यतिबेला भने एक दमदार फिल्मको खाँचो देखिएको छ । जुन फिल्मले आर्यनको स्टारडम फेरि देखाओस् ।

फरक र दमदार फिल्मको स्किृप्टका लागि आर्यनले पनि कुरिरहेका छन् । तर, उनको हातमा राम्रो फिल्म छैन ।

आर्यन स्वयम् भन्छन् – फिल्म राम्रो बन्न पहिलो स्किृप्ट राम्रो हुनुपर्‍यो । स्किृप्ट नै राम्रो भएन भने हामीले जति मेहनत गरे पनि त्यसको कुनै अर्थ हुँदैन ।

यो क्षेत्रमा एकपछि अर्को गर्दै फिल्म बन्ने क्रम जारी छ । भोलिका दिनमा आर्यनले चाहेजस्तो स्किृप्ट उनले पाउने छन् या छैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ४ : ५७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य