रक्सी पिएपछि पाहुना बनेका खिमबहादुर– जसले गहना लुट्न चिजा कुमारीको हत्या गरे | Khabarhub Khabarhub

रक्सी पिएपछि पाहुना बनेका खिमबहादुर– जसले गहना लुट्न चिजा कुमारीको हत्या गरे


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीमा ६६ वर्षीया बृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका १ व्यक्ति ८ दिनपछि पक्राउ परेका छन् ।

गत आइतबार (पुस ६ गते) कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान घर भएकी ६६ वर्षीया चिजा कुमारी विक मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउँको तथा अनुहारमा ढुङ्गाले प्रहार गरी हत्या गरिएको अवस्थामा विकको शव फेला परेको थियो ।

मृत फेला परेकी विकले शरीरमा लगाएका गहना समेत लुटिएका थिए ।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले ८ दिनपछि मुख्य अभियुक्त ३९ वर्षीय खिमबहादुर विक (श्रीपाली)लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्य अभियुक्त विकलाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका–५ घर भइ पोखरा महानगरपालिका–२५ हेम्जा बस्दै आएका खिमबहादुरले ६६ वर्षीया चिजा कुमारीको गहना लुट्ने उद्देश्यका लागि हत्या गरेका थिए ।

हत्या गरेर फरार भएका खिमबहादुरलाई तनहुँको ब्यास नगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खिमबहादुर गत आइतबार (पुस ६ गते) राति ८ बजेतिर चिजा कुमारीको घर गएका थिए । त्यहाँ उनले राति ९ बजेसम्म रक्सी पिएका थिए । रक्सी पिउने क्रममा ढिला भएपछि खिमबहादुर चिजा कुमारीकै घरमा पाहुना बनेर बसे ।

खिमबहादुरले बास मागेपछि चिजाकुमारीले आफ्ना १४ वर्षीया नातीलाई ओछ्याउन मिलाउन लगाइन् ।

खिमबहादुरका लागि ओछ्यान मिलाइ सकेपछि चिजा कुमारी र उनका १४ वर्षीया नाति आ–आफ्नो कोठामा सुत्न गए । १४ वर्षीया नाति सुतिसकेपछि खिमबहादुरले चिजा कुमारीको गहना लुट्न खोजे । चिजा कुमारीले प्रतिवाद गरेपछि खिमबहादुरले ढुङ्गाले उनको टाउको र अनुहारमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

खिमबहादुरले चिजा कुमारीको हत्या गरी उनको शरीरमा भएका सबै गरगहना लुटेर शव शिरकले ढाकेर कोठामा ताल्चा लगाइ फरार भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ०७ बजे

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६