सिद्धबाबाको थुनछेक बहस सकिएन, सोमबार आदेश आउने सम्भावना « Khabarhub

सिद्धबाबाको थुनछेक बहस सकिएन, सोमबार आदेश आउने सम्भावना


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथिको थुनछेक बहस सोमबारसम्म जारी रहने भएको छ ।

जिल्ला अदालत सुनसरीमा आइतबार बहस नसकिएपछि सोमबार पनि बहस जारी रहने भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार कृष्णदासविरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो ।

शुक्रबार कृष्णदासको अदालती बयान सकिएपछि आइतबार थुनछेक बहस भएको थियो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा थुनछेक बहस भएकोमा सोमबार वकिलहरुको बहस सकिएन् ।

सोमबार सरकारी वकिलसहित जाहेरीकर्ता (पीडित महिला)का तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।

प्रतिवादी कृष्णदासको तर्फबाट ३ जना कानून व्यवसायीले बहस गरेका थिए । कृष्णदासको तर्फबाट ५ जना कानून व्यवसायीले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएकोमा अब २ जनाले मात्रै बहस गर्न बाँकी रहेको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद गिरीले जानकारी दिए ।

कृष्णदासको तर्फका २ जना कानून व्यवसायीको बहस सकिएपछि सोमबार नै थुनछेक आदेश जारी हुने संभावना रहेको गिरीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।


सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ३२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको