भूकम्पबाट घरबारविहीन बनेकाहरुलाई तेस्रो किस्ताको रकम वितरण « Khabarhub

भूकम्पबाट घरबारविहीन बनेकाहरुलाई तेस्रो किस्ताको रकम वितरण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९ सय ९७ लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेका छन् ।

पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् ।

पुनःनिर्माणको काम शुरु हुनुअगावै घर बनाएका ३५७ भूकम्पपीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।

विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनःनिर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत खोटाङमा पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ । पहिलो किस्तावापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम शुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : ५७ बजे

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत