माल्दिभ्सका पूर्व राष्ट्रपति यामिनलाई रिहा गर्न आदेश « Khabarhub

माल्दिभ्सका पूर्व राष्ट्रपति यामिनलाई रिहा गर्न आदेश


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश दिएको छ ।

प्रचलित कानूनअनुसार यामिनलाई पर्याप्त आधारबिना एक महिनाभन्दा धेरै समय जेलमा राख्न नहुने भन्दै उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

यामिनलाई भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै गत फेब्रुअरी १८ मा पक्राउ गरिएको थियो । आफ्नो कार्यकालमा एउटा होटेललाई माल्दिभ्सको टापु भाडामा दिने क्रममा अनियमितता गरेको र कालो धनलाई सेतो बनाएको यमिनविरुद्ध अभियोग लागेको छ ।

यामिनको चीनसँग नजिकको सम्बन्ध रहेको बताइन्छ । गत वर्ष भएको निर्वाचनमा उनी अप्रत्याशित रुपमा पराजित भएका थिए ।
आलोचकहरुले उनीमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ३० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति