एसइई परीक्षामा प्रश्नपत्र आउट– शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान « Khabarhub

एसइई परीक्षामा प्रश्नपत्र आउट– शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र लगातार आउट हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो १२ बजेका लागि केन्द्रीय सुरक्षा समितिको आकस्मिक वैठक बोलाइएको हो ।

शिक्षा मन्त्रालयका सचिव संयोजक रहने समितिमा  केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु सदस्य रहन्छन् ।

एसइई परीक्षाअन्तर्गत प्रदेश नम्बर २ मा लगातार २ ओटा प्रश्नपत्र आउट भएका छन् । बिहीबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट भएको छ ।

विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि बिहीवार प्रदेश २ मा एसइई परीक्षा रद्द गरिएको थियो । शुक्रबार पनि सामाजिक शिक्षा विषयको परीक्षा रद्द गरिएको छ ।

शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

शिक्षा मन्त्रालयले आह्वान गरेको वैठकले प्रश्नपत्रको सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ ।

साथै आगामी दिनमा प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ४६ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको