अमेरिकामा पढिरहेका गगनले भने– फेरि पढ्न पाउँदा रमाइलो लागेको छ « Khabarhub

अमेरिकामा पढिरहेका गगनले भने– फेरि पढ्न पाउँदा रमाइलो लागेको छ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न गएका नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कक्षामा फर्कन पाउँदा आफूले युवा महशुस गरेको बताएका छन् ।

२ साताको अध्ययनका लागि अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हावर्ड केनेडी स्कुलमा अध्ययन गर्न थापा अहिले अमेरिकामा छन् । उनले त्यहाँ“एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्ने छन् ।

उनले आफूलाई पुन अध्ययन गर्न पाउँदा अत्यन्तै रमाइलो लागेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले गगन थापाले अध्ययन गरिरहेको तस्वीर समाजिक सञ्जालमा पोस्ट गर्दै थापाको प्रतिक्रिया समेत राखेको छ ।

‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ’ थापाले भने,‘सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।’

नेपाालस्थित अमेरिकी दूतावासले लेखेको छ ‘हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।’

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ५७ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा