कर्मचारी सञ्चय कोषले माग्यो ३२ जना कर्मचारी « Khabarhub

कर्मचारी सञ्चय कोषले माग्यो ३२ जना कर्मचारी


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्मचारी सञ्चय कोषले वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मको पदका लागि ३२ जना कर्मचारी माग गरेको छ ।

कोषले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।

कोषले प्रशासन सेवा/समूहअन्तर्गत वरिष्ठ प्रवन्धक पदमा १, प्रवन्धक पदमा १, उपप्रवन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । यस्तै, उपप्रवन्धक (चाटर्ड एकाउन्टेन्ट) पदमा खुला २ र महिला १ गरी ३ जना कर्मचारी माग गरेको छ ।

कोषले उपप्रवन्धक (वित्त विश्लेषक) पदमा खुला १ र महिला १ गरी २ जना कर्मचारी माग गरेको छ । यस्तै सहायक प्रवन्धक पदमा खुला १०, महिला १, आदिवासी जनजाति २, मधेसी २, दलित १ र अपाङ्ग १ गरी १७ जना कर्मचारी माग गरेको छ ।

यस्तै, प्राविधिक सेवाअन्तर्गत सयहाक प्रवन्धक (कम्प्युटर) मा १ जना कर्मचारी माग गरेको कोषले प्रशासन समूहअन्तर्गत सहयाक पदमा खुला ४, महिला १, आदिवासी जनजाति १, मधेसी १ गरी ७ जना कर्मचारी माग गरेको छ ।

कोषले माग गरेको पदमा अनलाइनमार्फत पनि दरखास्त दिने सकिने जनाइएको छ ।

कोषले माग गरेका पदमा दरखास्त आह्वान भएको मिति (२०७५/१२/१५)देखि २१ दिनभित्र दरखास्त दिन सकिने छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया