उत्तर प्रदेशमा मोदीभन्दा योगीको ‘प्रभाव’ बढी, पाए चुनावी अभियानको नेतृत्व « Khabarhub

उत्तर प्रदेशमा मोदीभन्दा योगीको ‘प्रभाव’ बढी, पाए चुनावी अभियानको नेतृत्व


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– आसन्न भारतीय आम निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भापजाको तर्फबाट चुनावी अभियानका नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले नभई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने भएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले राज्यका सबै निर्वाचन क्षेत्र पुगेर र्‍याली र अन्य चुनावी अभियानमा सहभागी हुने बताइएको छ ।

त्यस्तै, उनले अन्य राज्यमा पनि भाजपाका लागि मत माग्ने बताइएको छ ।

उनले गत आइतबार राज्यको शाकुम्बरी देवीको मन्दीरबाट चुनावी अभियान शुरु गरेका थिए ।

उत्तर प्रदेशमा समाजवादी पार्टी, राष्ट्रिय लोक दल र बहुजन समाज पार्टीबीच बनेको गठबन्धन र विपक्षी काँग्रेसको प्रभाव रहेको निर्वाचन क्षेत्रमा योगीको सक्रियता अझै तीब्र हुने उत्तर प्रदेश राज्यमा भाजपाका प्रवक्ता चन्द्रमोहनले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १२ : ०० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको