सरकार गम्भीर नहुदाँ मानव अधिकार मुद्दा ओझलमा « Khabarhub

सरकार गम्भीर नहुदाँ मानव अधिकार मुद्दा ओझलमा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार गम्भीर भएर काम नगर्दा मानव अधिकार मुद्दा ओझेलमा पर्ने गरेको एक कार्याक्रमका वक्ताले बताएका छन् । आज (शनिबार) जगारण मिडियाले आयोजना गरेको आर्थिक, सामाजिक र सांस्कृतिकसँग जोडिएका अधिकार मुद्दा विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्न अधिकांश वक्ताले सरकार मानव अधिकारका मुद्दाप्रति चासो दिएर काम नगरेको बताए । लोकतन्त्र र कानुन राज्यमा मानव अधिकार सुनिश्चित हुनुपर्ने उनीहरुको भनाई थियो ।

सरकारले मानवअधिकारका मुद्दालाई सामान्य समस्याका रुपमा हेर्ने गरेको मानव अधिकार आयोगका अधिकृत जयश्वर चापाँगाईले बताए । पछिल्लो समय मानव अधिकार हनन हुने क्रम बढिरहेको र यस्ता घटनामा सरकारको उपस्थिति कम देखिएको उनको भनाई छ ।

यस्तै, अधिवक्ता राजेश हमालले सरकारले सबै क्षेत्रमा काम गर्ने नागरिकको मानव अधिकारका मुद्दाप्रति गम्भीर काम गर्नुपर्ने देखिएको बताए । मानव अधिकार हननका मुद्दाले सुशासन र विकास जस्ता विषयलाई चुनौती दिइरहेको उनको भनाई थियो ।

सरकारले पछिल्लो समय भइरहेको जातियविभेद, बलात्कार, महिला हिसांका मुद्दाका दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न नसकेको कार्यक्रमका वक्ताको आरोप छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ४८ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध