सरकार गम्भीर नहुदाँ मानव अधिकार मुद्दा ओझलमा | Khabarhub Khabarhub

सरकार गम्भीर नहुदाँ मानव अधिकार मुद्दा ओझलमा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार गम्भीर भएर काम नगर्दा मानव अधिकार मुद्दा ओझेलमा पर्ने गरेको एक कार्याक्रमका वक्ताले बताएका छन् । आज (शनिबार) जगारण मिडियाले आयोजना गरेको आर्थिक, सामाजिक र सांस्कृतिकसँग जोडिएका अधिकार मुद्दा विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्न अधिकांश वक्ताले सरकार मानव अधिकारका मुद्दाप्रति चासो दिएर काम नगरेको बताए । लोकतन्त्र र कानुन राज्यमा मानव अधिकार सुनिश्चित हुनुपर्ने उनीहरुको भनाई थियो ।

सरकारले मानवअधिकारका मुद्दालाई सामान्य समस्याका रुपमा हेर्ने गरेको मानव अधिकार आयोगका अधिकृत जयश्वर चापाँगाईले बताए । पछिल्लो समय मानव अधिकार हनन हुने क्रम बढिरहेको र यस्ता घटनामा सरकारको उपस्थिति कम देखिएको उनको भनाई छ ।

यस्तै, अधिवक्ता राजेश हमालले सरकारले सबै क्षेत्रमा काम गर्ने नागरिकको मानव अधिकारका मुद्दाप्रति गम्भीर काम गर्नुपर्ने देखिएको बताए । मानव अधिकार हननका मुद्दाले सुशासन र विकास जस्ता विषयलाई चुनौती दिइरहेको उनको भनाई थियो ।

सरकारले पछिल्लो समय भइरहेको जातियविभेद, बलात्कार, महिला हिसांका मुद्दाका दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न नसकेको कार्यक्रमका वक्ताको आरोप छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ४८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा