बंगलादेश आगलागी– मृत्यु हुनेको संख्या २५ पुग्यो « Khabarhub

बंगलादेश आगलागी– मृत्यु हुनेको संख्या २५ पुग्यो


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् ।

राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।

आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए ।

अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत  ६ जनाको मृत्यु ज्यान जोगाउन हाम फालेका कारण भएको थियो ।

एक जना वरिष्ठ अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए । उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए ।

“आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगिसक्यो । हामीले २४ जनाको शव उनीहरुको आफन्तलाई जिम्मा लगाइसक्यौं,” ढाका महानगरीय प्रहरीका उपआयुक्त मोस्ताक अहमदले भने ।

आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

उक्त आगलागी बिहीबार अपराह्न शुरु भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयबासी जुटेका थिए ।

अग्निनियन्त्रकहरुलाई सैनिक सहयोग समेत प्राप्त भएको थियो । सैनिक हेलिकप्टरबाट केहीको उद्धार गरिएको थियो । अग्निनियन्त्रकहरु लामा भ¥याङको सहायताबाट भवनका झ्यालका सिसा फुटाएर उद्धार कार्यमा जुटेका थिए ।

गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो ।

सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको छ । “केबल दुईवटा भवन सुरक्षित देखिए,” बंगलादेश विश्वविद्यालयका प्रोफेसर मेहेदी अहमद अन्सारीले बताए । विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेको थियो ।

राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो । नोभेम्बर २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ५८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक