‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री « Khabarhub

‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसीलाई मेगास्टार भन्दै फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । झरना थापाको जन्मदिन पारेर बुधवार नै पत्रकारलाई देखाइएको यो फिल्मको ट्रेलरलाई बूढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा अनमोल केसीलाई स्टारका रुपमा देखाइएको छ । उनको अपोजिटमा झरना थापाकी छोरी सुहाना थापाले अभिनय गरेकी छिन् ।

फिल्ममा अनमोल र सुहानाको लभस्टोरी रहनेछ ।

अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल, प्रतीक पौडेलले स्किृनप्ले र संवाद लेखेका हुन् ।

फिल्ममा हिमाल केसीको एस्सन रहनेछ भने विजय बस्यालको मोसन ग्राफिक्स देख्न सकिनेछ । यस्तै फिल्ममा दीर्घ खड्काको सम्पादन, सञ्जय लामा, सुदीप बराल र शम्भू मोक्तानको छायांकन र सुनील कुमार थापाको लगानी रहेको छ ।

नयाँ वर्षको मौका पारेर आउँदो चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली