काँग्रेस उपसभापति निधिको कटाक्ष– ‘प्रधानमन्त्रीको टिप्पणीप्रति दया लाग्यो’ « Khabarhub

काँग्रेस उपसभापति निधिको कटाक्ष– ‘प्रधानमन्त्रीको टिप्पणीप्रति दया लाग्यो’


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति दया लागेर आएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु हास्यस्पद भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतिमा रमाउने र टिप्पणि गर्न लायक नभएको उपसभापति निधिले बताए ।

उपसभापति निधिले भने, ‘कम्युनिष्टहरुको जन्मकुण्डली हेर्ने हो भने राजाको नजिक रहेर काम गरेको देखिन्छ, उहाँहरुलाई लोकतन्त्रप्रति निष्ठा भएको कांग्रेसलाई यसो उसो भन्न मिल्दैन ।’

२०३७ सालमा भएको जनमत संग्रहमा कम्युनिष्टहरुले निर्दलको पक्षमा मतदान गरेको निधिले आरोप लगाए ।

फरक प्रसंगमा उपसभापति निधीले लगानी सम्मेलनलाई सफलताको कामना गर्दै यस सम्मेलनलाई सफल बनाउन सरकारले प्रर्याप्त तयारी र गृहकार्य नगरेको आरोप लगाए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ०३ बजे

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान