तालिबानी आक्रमण, अफगानिस्तामा २४ जना मारिए « Khabarhub

तालिबानी आक्रमण, अफगानिस्तामा २४ जना मारिए


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– अफगानिस्तानका दुई प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानले गरेको अक्रमणमा कम्तीमा १४ प्रहरी सहित २४ जनाको ज्यान गएको छ ।

तालिबानले गजनी प्रान्तको प्रान्तीय राजधानी नजिकै रहेको प्रहरी सुरक्षा जाँच चौकीलाई लक्षित गरी गराएको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित ९ प्रहरीको मृत्यु भएको हो । आक्रमणमा अरु ६ प्रहरी घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी कारवाहीमा तालिबानका केही लडाकु समेत मारिएको अधिकारीले जनाएका छन् ।

त्यस्तै तालिबानले मुलुककै अर्को बदखसान प्रान्तमा पनि आक्रमण गरेको र त्यहाँ ५ प्रहरीको ज्यान गएको बताइएको छ । त्यही आक्रमणमा अरु २ स्थानीय र ८ जना तालिबान लडाकु मारिएका छन् । आक्रमणबारे तालिबानले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ११ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७