एसइई प्रश्नपत्र आउट प्रकरण– शिक्षामन्त्री पोखरेलको राजीनामा माग « Khabarhub

एसइई प्रश्नपत्र आउट प्रकरण– शिक्षामन्त्री पोखरेलको राजीनामा माग


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विभिन्न दल समर्थित विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलेको राजीनामा माग गरेका छन् ।

३ ओटा अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन, अनेरास्ववियू (पाँचौं) समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी संघले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

एसइई परीक्षाको प्रश्नपत्र त्रुटिपूर्ण हुनु गम्भीर लापरवाही र प्रश्नपत्र आउट हुनु सरकारको गैरजिम्मेवारीपन भएको विद्यार्थी संगठनहरुको भनाइ छ ।

यस्तो कार्यले लाखौं विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड भएको उनीहरुको भनाइ छ ।

प्रश्नपत्रमा त्रुटी हुनु र परीक्षा अगावै प्रश्नपत्र आउट हुने जस्ता घटनाका कारण शिक्षामन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विद्यार्थी संगठनहरुको माग छ ।

साथै प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई कडा कारबाही गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०६ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित