सरकारले भ्रष्टाचारलाई नै विकेन्द्रीकरण गर्‍यो : अध्यक्ष राणा  « Khabarhub

सरकारले भ्रष्टाचारलाई नै विकेन्द्रीकरण गर्‍यो : अध्यक्ष राणा 


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले सरकारको पछिल्लो क्रियाकलाप हेर्दा जनताको मन जित्ने कार्य गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत आरोप लगाए ।  वाइडबडी प्रकरणमा भएको भ्रष्टाचार सरकारमा रहेका दलहरुले नै बाडिचुडी खाएको समेत आरोप लगाए ।

त्यस्तै, राणाले केन्द्रमा मौलाएको भ्रष्टाचारलाई सरकारले वडा वडामा लगेर भ्रष्टाचारकै विकेन्द्रीकरण गरेको टिप्प्णी गरे । जनताले दिएको दुई तिहाईको मतको अवमुल्यन हुने गरी काम नगर्न उनले सरकारलाई सचेत गराए ।

मुलुकमा ८१ प्रतिशत भन्दा बढी हिन्दु रहेको भन्दै नेपाललाई धर्मनिरपेक्षबाट हिन्दु राष्ट्रमा फर्काउनुपर्ने बताए । कार्यक्रममा सहभागी नेताहरुले राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुवादीहरुको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ३९ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली