श्रीमानको कुटाइबाट घाइते सुनिताको मृत्यु « Khabarhub

श्रीमानको कुटाइबाट घाइते सुनिताको मृत्यु


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पतीको निर्घात कुटाईबाट गम्भीर घाइते भएकी सुनिता यादवको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको त्रि वि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका-२० की ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनका अनुसार श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेको थियो ।

यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो।

कुटपिट गर्ने पति डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ९ : ३१ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले