भुवनको भ्रष्ट मति: पेशा पत्रकार भन्ने, काम ठगी र बलात्कार गर्ने « Khabarhub

भुवनको भ्रष्ट मति: पेशा पत्रकार भन्ने, काम ठगी र बलात्कार गर्ने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकारको नामबाट चिनिने महेश भनिने भूवन धिताल यतिबेला प्रहरीको नियन्त्रणमा छन् । ५ जनाको सामूहिक जाहेरीबाट बाँके र दाङको सीमा क्षेत्रमा उनी पक्राउ परे । उनीमाथि लागेको कसुर हो, जबरजस्ती करणी र ठगी । उनीविरुद्ध ५ जनाको ठगीको आरोपमा मुद्दा छ भने, ३ जनाले बेग्लाबेग्लै निवेदन दर्ता गरी जबरजस्ती करणी गरेको आरोप लगाएका छन् ।

कसरी ठगिए पीडित ?

धितालले शैक्षिकस्तर कम भएका, एकल, श्रीमान विदेश भएका महिलालाई विभिन्न प्रलोवन देखाएर लुट्ने तथा बलात्कार गर्ने गरेको आरोप प्रहरीले जनाएको छ ।

शुरुमा विभिन्न बाहनामा समूहका पैसा उठाउने उनी पछि ढुकुटी खेलाउने काममा पनि सक्रिय भएका थिए । राम्रो कमाई हुन्छ भन्दै महिलालाई ढुकुटी खेलाउने काममा माहिर बनेका धितालले खाली कागजमा हस्ताक्षर गर्न लगाएर मनोमानी रकम लेख्दै ठग्ने गरेका थिए । पछि आफूले लगानी गरेको रकम नदिए पत्रिकामा नाम छपाई दिन्छु भन्दै धम्की दिने गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

उनले वेईज्जत गर्छु, म पत्रकार पनि हुँ पत्रिकामा छपाइ दिन्छु, मेरो पहुँच माथी सम्म छ भन्दै डर देखाएर ३६५ प्रतिशत सम्मको व्याजदरमा रकम लगानी र असुली गर्ने गरेका थिए ।

शारीरिक शोषण अनि धम्की

उनको संगतमा पुगेका महिलालाई शारीरिक शोषण गर्ने धिताल पछि पीडित महिलालाई नै धम्क्याउने गर्दथे । पीडितले दिएको जाहेरी अनुसार प्रहरीले महिलालाई ठगी गरेको, जबरजस्ती करणी गरेको आरोप लगाउँदै आएको जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ । आफूविरुद्ध उजुरी परेको जानकारी पाएपछि भाग्न खोजेका उनलाई प्रहरीले दाङ र बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

बुधबार पक्राउ परेका उनलाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थपेर अहिले प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

उजुरी बाहेकका आपराधिक क्रियाकलापमा पनि संलग्नता रहेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

थुप्रै चेक र तमसुक बरामद

पक्राउ परेका धितालको साथबाट थुप्रो मात्रामा चेक र तमसुक बरामद भएका छन् । उनीसँग भेटिएका चेक र तमासुकले धेरै आर्थिक हिनामिना भएको हुनसक्ने आशंकामा प्रहरीले प्रमाणसहित थप अनुसन्धानका लागी सम्पती सुद्धिढीकरण विभागमा पनि पठाउने जनाएको छ।

के के भेटियो

उनको साथबाट ८२ थान चेक, १ करोड ६९ लाख चेक रकम, खाली चेक तथा ३२ वटा तमसुक बरामद भएको छ । तमसुकमा १ करोड २४ लाख रकम लिने उल्लेख छ । त्यस्ते ढुकुटी खेलाएको ४ थान रजिष्टर, ४ वटा खाली समसुक, पत्रकार परिचय पत्र, मोवाइल, सुनको औठी लगायत बरामद गरेको छ ।

त्यस्तै वा १५ च ७६६८ नं. को सेतो गाडी, भे ८ प ३९५५ नं. को स्कुटी पनि बरामद भएको छ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : १९ बजे

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको