रियलको कमजोर प्रदर्शन जारी, भालेकानोसँग पनि पराजित | Khabarhub Khabarhub

रियलको कमजोर प्रदर्शन जारी, भालेकानोसँग पनि पराजित


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष तेस्रो स्थानको रियल मड्रिडले आफ्नो कमजोर प्रस्तुतीलाई सुधार गर्न नसक्दा पछिल्लो खेलमा पनि पराजय भोग्नु परेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड लिगको पुछारमा रहेको रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको छ ।

रियल भालेकानोसँग १–० गोलले पराजित हुँदा भालकानोले पेनाल्टीमा गोल गरेको थियो । स्पेनको महान फुटबल क्लब रियल मड्रिडले यो वर्ष कुर्नै पनि लिगमा आफ्नो प्रदर्शन बलियो देखाउन सकेको छैन । जसको फलस्वरुप ला लिगामा शीर्ष तेस्रो स्थानमा रहेको छ ।

रियललाई हराउन घरेलु मैदानमा एडरियन इम्बारबाले खेलको २३ औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

सन् २००४ पछाडि पुछारमा रहेको टोलीसँग रियल पहिलो पटक पराजित भएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो हारसँग तेस्रो स्थानमा रहेको रियलको ३५ खेलबाट ६५ अंक भएको छ । रियल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले पछाडि छ ।

तालिकाको अन्तिमदेखि दोस्रोमा रहेको भालेकानोको ३१ अंक भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार