ट्युमरको शल्यक्रियापछि स्वेताले भनिन्– ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’ « Khabarhub

ट्युमरको शल्यक्रियापछि स्वेताले भनिन्– ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौ‌ं – अभिनेत्री स्वेता खड्का एक्कासी बिरामी परेर उपचार गराएपछि आफूले दोस्रो जिन्दगी पाएको बताएकी छिन् । उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका लागि केही हप्ताअघि लण्डन गएकी थिइन् । लण्डनमा हुँदा उनको च्युँडो र तल्लो घाँटीमा एक्कासी समस्या देखिएको थियो ।

घाँटीमा बढी पीडा भएपछि उनले डाक्टरलाई चेक गराएकी थिइन् । स्वेताले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै जिन्दगीले फेरि एकपटक खेल खेलेको बताएकी हुन् ।

यतिबेला उनको भारतको दिल्लीमा उपचार भइरहेको पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । लण्डनबाट भारतको दिल्ली पुगेर द्रुत प्रक्रियामार्फत शल्यक्रिया गरेको उनले बताएकी छिन् ।

शल्यक्रियापछि भने उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।

उनको उपचारमा डाक्टर सुरेन्द्रकुमार दाबास खटिएका थिए । यस्तै नेपालबाट गएका डाक्टर पंकजले पनि शल्यक्रियामा सहयोग गरेको भन्दै स्वेताले धन्यवाद व्यक्त गरेकी छिन् ।

अभिनेत्री स्वेता खड्का यसअघि फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् । पछिल्लो समय स्वेता व्यवसाय र समाजसेवामा पनि सक्रिय छिन् । उनले फेसबूकमा लेखेकी छिन्- ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ ।’

यस्तो छ उनको फेसबूक पोस्ट

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/1790325897734213

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ४७ बजे

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला