यस्तो पनि प्रतियोगिता, धेरै रुने बच्चाका आमाबुवालाई आकर्षक पुरस्कार ! « Khabarhub

यस्तो पनि प्रतियोगिता, धेरै रुने बच्चाका आमाबुवालाई आकर्षक पुरस्कार !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तपाईंलाई आफ्ना बच्चा रोएको मन पर्छ ? यो प्रश्नमा धेरैजनाको जवाफ पक्कैपनि ‘पर्दैन’ भन्ने नै हुन्छ ।

तर, जापानमा भने एक यस्तो परम्परा छ जसमा बच्चालाई धेरै भन्दा धेरै रुवाइन्छ । अझ रोचक कुरा त के भने धेरै रुन सक्ने बच्चाका अभिभावकले पुरुस्कार समेत पाउँछन् ।

जापानको राजधानी टोकियो नजिकैको आसाकसामा मनाइने ‘नाकी सुमो’ नामक यो परम्परागत प्रतियोगितामा सहभागी हुन आमाहरुले आप्ना बच्चा बाकेर प्रतियोगितास्थाल (खास गरेर मन्दिर)मा आउँछन् । देख्दै डरलाग्दा र भीमकाय शरीर भएका पहलमानहरुलाई आफ्ना बच्चा थमाइदिन्छन् ।

डरलाग्दो शरीर भएको व्यक्तिको हातमा पर्दा बच्चा पक्कै पनि रुनै नै भए । अझ पहलमानहरुले बच्चा बढी रोओस् भनेर झ्याङ्गल–झुङ्गल पनि पार्छन् ।

बच्चा रोइरहँदा आमाहरु खुसी हुन्छन् । किनभने जो बच्चा सबैभन्दा लामो समयसम्म बेस्सरी चिच्याएर रुन्छ, त्यहि बच्चा प्रतियोगिताको विजेता घोषणा हुन्छ । विजयी बच्चाका आमा–बुवाले प्रतियोगितामा तोकिएको पुरुस्कार पनि पाउँछन् ।

खासमा यो परम्परागत प्रतियोगिता विगत ४ वर्षदेखि निरन्तर रुपमा चलिरहेको जनाइन्छ । रुनु बच्चाहरुको स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ यो प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।

यो वर्षको ‘स्पिङ सिजन’मा पनि जापानमा बच्चाहरुलाई रुवाउने प्रतियोगिता आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा सन् २०१८ मा जन्मिएका १ हजार ६० बच्चा–बच्ची सहभागी भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : १४ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि