समृद्धिको नारालाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव « Khabarhub

समृद्धिको नारालाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।

सरकारले आगामी २० गते (शुक्रबार) संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ ।

कार्यक्रम संसदमा पेश गर्नुअगाडि पार्टी सचिवालय वैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको हो ।

छलफलका क्रममा सचिवालय सदस्यहरुले नीति तथा कार्यक्रममा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।

नेताहरुलेसंविधानले निर्दिष्ट गरेको समाजवादअन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा पत्र र सरकारले हालसम्म गरेका सकारात्मक काम तथा प्राप्त उपलब्धीको रक्षा गर्नेगरी आगामी नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : ५७ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन