संसदमा देउवाको सम्बोधन– सरकारको नीति तथा कार्यक्रमले विदेशी लगानी आउँदैन « Khabarhub

संसदमा देउवाको सम्बोधन– सरकारको नीति तथा कार्यक्रमले विदेशी लगानी आउँदैन


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताएका छन् ।

सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बेगर विदेशी लगानी आकर्षित गर्न सम्भव नभएको देउवाको भनाइ छ ।

सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनअन्तर्गतको पहिलो वैठकलाई सम्बोधन गर्दै देउवाले नीति तथा कार्यक्रम स्पष्ट नभए सरकारले अधि सारेको समृद्धिको यात्रा पनि साँचो अर्थमा अगाडि नबढ्ने बताए ।

बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गरेको विषय सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न उद्धत रहेको देउवाको आरोप छ ।

‘भ्रष्टाचारका घटनाले नागरिकहरु दिनानुदिन निराश हुँदै गएका छन् । राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत हुँदै गएको भन्नुभएको छ,’ देउवाले भने, बालुवाटारको सरकारी जग्गा समेत भूमाफियाको कब्जामा गएको सार्वजनिक हुँदा सरकार भने ढाकछोप गर्नतिर लागेको छ ।’

आम जनताले गफ र नारामा मात्र कामक सरकारको भूमिका खोजेको देउवाको भनाइ थियो ।

सरकार संघीयता, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तनका संरचना भत्काउन लागिपरेको उल्लेख गर्दै देउवाले भने, ‘यस्तो गर्न खोजिए प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले सशक्त प्रतिकार गर्छ ।’

सरकार ‘कुहिरोमा हराएको काग’को नियतिमा रहेको भन्दै देउवाले त्यसबाट बाहिर आउन पनि आग्रह गरे ।

प्रधानमन्त्रीले सबै निकायका अधिकार प्रधानमन्त्री कार्यालयमा सीमित राखेर आफ्नै मन्त्रीलाई समेत विश्वास गर्न नसकेको देउवाको भनाइ थियो ।

अहिले मुलुकभर निराशा व्याप्त रहेको उल्लेख गर्दै देउवाले भने, ‘सरकार बनेको १४ महिनामा पनि जनतालाई देखाउन लायक एउटा पनि काम भएको छैन ।’

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ३३ बजे

ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका

क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको

गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन

उज्यालो नेपाल पार्टीको घोषणा सभा (तस्बिरहरू)

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक