प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार बन्न नेता नेम्वाङको आग्रह | Khabarhub Khabarhub

प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार बन्न नेता नेम्वाङको आग्रह


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

संसदको बजेट अधिवेशन शुरु भएको पहिलो दिन नेम्वाङले संसदको हिउँदे अधिवेशनले २ सयभन्दा बढी कानून पारित गरेको भन्दै उपनेता नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने बताए ।

प्रतिपक्ष दल राज्यको अभिन्न अंग रहेको भन्दै काँग्रेस समेत जिम्मेवार प्रतिपक्षी भूमिका खेल्न सुझाव दिए । शान्तिप्रक्रियलाई टुङ्गोमा पुर्‍याउने आधार तयार गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

उनले अधिकारका लागि आन्दोलन गर्नुपर्ने अबस्था नरहेको बताए । उनले जनता निरास नभएको भन्दै राजनीतिक दलको प्रयासका कारण जनता उत्साहित रहेको दाबी गरे ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले नीति तथा कार्यक्रमप्रति सबैको चासो रहेको भन्दै सबैलाई समेटेर अघि बढ्ने बताए । उनले अहिलेको व्यवस्था असफल भए सबै दल असफल हुने भन्दै सबैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले नीति तथा कार्यक्रमप्रति सबैको चासो रहेको भन्दै सबैलाई समेटेर अघि बढ्ने बताए । उनले अहिलेको व्यवस्था असफल भए सबै दल असफल हुने भन्दै सबैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताए ।

निरंकुशताका विरुद्ध आन्दोलन गरेका सबै दल एकैठाउँमा नआइ समस्या समाधान नहुने उनले तर्क गरे ।  सार्वजनिक जग्गा अतिक्रमण गर्न सरकारले नदिने भन्दै नेम्वाङले सरकारलाई साथ दिने समेत बचन दिए ।

संसदलाई प्रभावकारी बनाउने विषयमा पारदर्शिता र जवाफदेयितालाई स्थापित गराउने विषयमा आफ्नो दल तयार रहेको भन्दै निरंकुशताका विरुद्धमा आन्दोलन गरेको दल नेकपा भएका कारण निरंकुशता सोच्न समेत नसक्ने बताए । संविधानमा आवधिक निर्वाचनको व्यवस्था गरिएको समेत बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ३७ बजे

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

ढाका– बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत

काठमाडौं– हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’ 

काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ