श्रीलंकामा अब बुर्का लगाउन नपाइने « Khabarhub

श्रीलंकामा अब बुर्का लगाउन नपाइने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– मुसलमान महिलाले अनुहार ढाक्न प्रयोग गर्दै आएको बुर्कामाथि श्रीलंका सरकारले प्रतिबन्ध लगाएको छ ।

अघिल्लो साताको आइतबार इष्टर सन्डेका दिन इसाईलाई लक्षित गरी इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणपछि सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै बुर्कामा प्रतिबन्ध लगाउनु परेको श्रीलंकाली अधिकारीले जनाएका छन् ।

श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपतीय कार्यकारी आदेश जारी गर्दै बुर्कामाथि प्रतिबन्ध लगाउन निर्देशन जारी गरेका हुन् । त्यसबाहेक प्रधानमन्त्री रिनल विक्रमासिंघेले पनि यस्तै व्यवस्था लागू गर्न आफ्नो न्यायमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

श्रीलंका सरकारको बुर्कामाथि लगाएको प्रतिबन्धलाई भने त्यहाँको सबैभन्दा ठूलो इस्लामिक संगठनले स्वागत गरेको जनाएको छ । अखिल सिलोन जामियातुल उलेमाले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारणले बुर्कामाथि केही समयका लागि लगाइएको प्रतिबन्धलाई साथ दिन आग्रह गरिएको छ ।

अखिल सिलोन जामियातुल उलेमाल विज्ञप्तिमा यो प्रतिबन्धलाई दीर्घकालसम्मका लागि लागू गरेमा यसले श्रीलंकाका मुसलमानलाई नकारात्मक असर पार्नसक्ने चेतावनी समेत दिएको छ ।

सुरक्षाका कारण मुसलमान महिलालाई बुर्का लगाउन प्रतिबन्ध गर्ने श्रीलंका सरकारको कदमले त्यहाँ धार्मिक सद्भाव बिथोलिन सक्ने चिन्ता रहेको बताइएको ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकाका करिब १० प्रतिशत मानिसहरु मुसलमान धर्मावलम्बी छन् । यीमध्ये थोरै मात्र महिलाले बुर्का लगाउने गरेको बताइन्छ ।

श्रीलंका सरकारको पछिल्लो कदमका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन ह्युमन राइट्स वाचले भने निन्दा गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ५१ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६