संविधान संशोधन गर्न राजपाको माग « Khabarhub

संविधान संशोधन गर्न राजपाको माग


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संसोधनमार्फत् आफ्ना माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

संसदको बजेट अधिवेशनको शुरुको दिन सोमबार संसद बैठकमा हिन्दीमा सम्बोधन गरेका राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले थरुहट, मधेश आन्दोलनको सत्य तथ्य छानविन गर्न गठि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे ।

आफ्नो दलका सांसद रेशम चौधरी अहिले पनि जेलमा रहेको भन्दै तत्काल उनको मुद्धा फिर्ता लिन समेत माग गरे । सरकारले राजपलाई सडक संघर्षमा जान बाध्य पारेको भन्दै सधैभरी संसदमा मात्रै आवाज नउठाउने भन्दै सडक संघर्षमा जान बाध्य नपार्न समेत आग्रह गरे ।

जितेन्द्रनारायण देवको संयोजकत्वमा गठित समितिको सिफारिसमा मधेशका ३४ हजार ९० नागरिकता वितरण गरेको तर सर्वोच्चको आदेशले नेपालीलाई नागकिरताविहिन बनाउने प्रयास नगर्न समेत सुझाव दिए । मधेश आन्दोलनको एजेण्डा सम्बोधन नभएसम्म शान्ति सम्भव नभएको झाको दाबी छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ०५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका