संविधान संशोधन नभए सरकारबाट बाहिरिने फोरमको चेतावनी « Khabarhub

संविधान संशोधन नभए सरकारबाट बाहिरिने फोरमको चेतावनी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

सोमबार शुरु भएको संसदको बजेट अधिवेशनको बैठकमा बोल्दै संघीय समाजवादी फोरमका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने शर्तका साथ आफूहरु सरकारमा सहभागी भएपनि सत्तारुढ दलले त्यसप्रति चासो नदिएको उनको भनाइ छ ।

सरकारमा सहभागी हुने बेलामा संविधान संशोधन गर्ने भन्ने एउटा सहमति भएको, तर सरकार बनेको १ वर्षसम्म पनि संविधान संसोधन गर्ने कुनै तयारी समेत नगरेको भन्दै आपत्ति जनाए ।

अब पनि संशोधन प्रक्रिया अगाडि नबढाइए आफ्नो पार्टी सरकारबाट बाहिरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : १२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही