अध्ययन भन्छ– काठमाडौंमा बस्ने मानिसले आफ्ना बालबालिकालाई मन्द विष खुवाइरहेका छन् « Khabarhub

अध्ययन भन्छ– काठमाडौंमा बस्ने मानिसले आफ्ना बालबालिकालाई मन्द विष खुवाइरहेका छन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दे‍शका अन्य शहर र गाउँको तुलनामा संघीय राजधानी काठमाडौंमा बस्ने व्यक्तिहरु स्वस्थ जीवनशैली यापन गर्छन् भन्ने अनुमान गरिन्छ । काठमाडौंमा बस्ने व्यक्तिले आफूसँगै आफ्ना नानी–बाबुको स्वास्थ्यप्रति पनि विशेष चासो दिन्छन् भन्ने आम अनुमान हुन्छ ।

तर, एक अनुसन्धानबाट काठमाडौं उपत्यकामा बस्ने व्यक्तिले आफ्ना बालबालिकाको स्वास्थ्यमाथि ‘खेलवाड’ गरिरहेका देखिएको छ । अनुसन्धानका अनुसार काठमाडौंमा बस्ने अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खानेकुरा  खुवाइरहेका छन् ।

खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जंक फूड खुवाइरहेका अध्ययनले देखाएको छ ।

अध्यनका अनुसार सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जंक फूड खुवाइरहेका छन् । पोषणविद्हरु जंक फूडलाई एक प्रकारको ‘मन्द विष’को रुपमा लिन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो ।

सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । ‘सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ,’ डा उपाध्यायले भने ।

प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जंक फूड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत ५ वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।

यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ०३ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस