१२ वर्षीया बालिकासहित ७ जनाको विभत्स हत्या गर्ने माइकल पक्राउ « Khabarhub

१२ वर्षीया बालिकासहित ७ जनाको विभत्स हत्या गर्ने माइकल पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको टेनिसी राज्यमा ७ जनाको श्रृङ्खलाबद्ध हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

टेनिसी राज्यको नाशभिल शहरबाट ४० किलोमिटर उत्तरपूर्व टाढा वेष्टमोरल्याण्ड गाउँमा प्रहरीले गोली हानी घाइते बनाएर संदिग्धलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षे माइकल कमिन्स छन् ।

पक्राउ पर्नेले ७ जनाको श्रृङ्खलाबद्ध तरिकाले विभत्स हत्या गरेको अधिकारीले जनाएका छन् । उनले हत्या गरेकामध्ये केही उनका आफन्त र एकजना १२ वर्षे बालिका पनि छन् ।

शनिबार स्थानीयले सम्पर्क गरेपछि प्रहरीले खोजतलास गर्दा शुरुमा २ जनाको शव फेला पारेको र त्यसको केही घण्टापछि एकपछि अर्को गरी विभिन्न दुई घरमा ७ जनाको शव विभत्स अवस्थामा फेला परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि संदिग्ध हत्याराको पहिचान गरी व्यापक खोजी अभियान थालेको थियो । सोही क्रममा उनलाई टेनिसी र केन्टकी राज्यको सीमानजिक ग्रामिण क्षेत्रमा फेला पारिएको र प्रहरीले गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको बताइएको छ ।

उनले ती ७ जनाको किन हत्या गरे भन्ने स्पष्ट नभइसकेको प्रहरीले जनाएको छ । यद्यपि उनी यसअघि पनि एक आपराधिक घटनामा दोषी ठहर भई सजाय काटिसकेका व्यक्ती भएको टेनिसी राज्यका सरकारी वकिल कार्यालयका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : १७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी