नङ र कपाल काट्दा किन दुख्दैन ? « Khabarhub

नङ र कपाल काट्दा किन दुख्दैन ?


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महशुस गछौं । तर नङ र कपाल काट्दा भने कहिले पनि दुख्दैन ।

एकछिन सोचौं त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकैछिन सोच्ने हो भने हामीलाई अनौठौ महशुस हुन्छ ।

शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीलाई नदुखेको हो । कपाल पूरै मृत कोशिकाबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।

नङ काट्दा ख्याल गर्नुभएको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छालासँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महशुस गछौं ।

यसको अर्थ औलाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात बढेको नङ मात्रै मृत कोशिकाबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १ : ३७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको